हृदयघातको कारण वार्षिक २ करोडको मृत्यु, कसरि रोकथाम गर्ने ?

काठमाडौं । विश्व स्थास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार विश्वभरमा वार्षिक २ करोड भन्दा धेरै मानिसहरुको मृत्यु हुने गरेको छ । र यो संख्या दिन प्रतिदिन बढ्दै छ ।

विश्वभरमा धेरै मानिसहरुको मृत्युको मुख्य कारण बन्दै गएको हृदयघातको कारण सन् २०१६ मा मात्रै १ करोड ८० लाख भन्दा धेरै मानिसहरुको मृत्यु भएको थियो ।

किन हुन्छ हृदयघात ?

उच्च रक्तचाप, धुम्रपान, खानपानमा आएको परिवर्तन, अल्छिपन तथा धेरै मात्रामा चिल्लो र मसलेदार खानेकुराको कारण मुख्य रुपमा हृदयघात हुने गर्छ ।

यसका साथै जो मानिसहरु धेरै तनाव लिन्छन उनीहरmलाई हृदयघातको धेरै खतरा हुन्छ । धेरै तनाव लिएको कारणले शरीरको रक्तसञ्चार प्रणालीमा असर पर्न सक्छ र यसैकारणले हृदयघातको खतरा हुन्छ ।

मोटोपन पनि हृदयघातको मुख्य कारण नै मानिन्छ । अनावश्यक रुपमा बढेको मोटोपनले हृदयघात निम्त्याउने गर्छ ।

हृदयघात कम गर्नको लागि निम्न उपायहरु अपनाउन सकिन्छः

— नियमित रुपमा एक्सरसाइज गर्ने

— तनाव कम गर्न कमेडी फल्म हेर्ने तथा म्यूजिक सुन्ने

— पोषणयुक्त खानेकुरा खाने

— चुरोट, तम्बाकु, रक्सी जस्ता पदार्थबाट टाढा बस्ने

— स्वच्छ सफा र कम चिल्लो तथा कम मसालेदार खानेकुरा मात्रै खाने

— समय समयमा स्वास्थ्य परीक्षण गर्ने । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here