डलरको मूल्यमा निरन्तर रेकर्ड

काठमाडौं । डलरको मूल्यमा निरन्तर रेकर्ड कायम भएको छ । डलरको मूल्यले मंगलबार नयाँ रेकर्ड बनाएकोमा बुधबार तोडिएको थियो । बुधबारको रकेर्ड आज (बिहीबार) तोडिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा रहेको छ।

डलरको आजको मूल्य अहिलेसम्मकै धेरै हो । बुधबार डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा थियो। डलरको भाउ महंगिदा आयातमा धेरै रकम बाहिरिन्छ । देशले विदेशी दातृ निकायसँग लिएको ऋणको भार समेत बढ्छ । डलरको भाउ बढ्दा पर्यटन, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई भने फाइदा हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here