संक्रमणकालीन न्याय सम्बन्धी विधेयक मंगलबार प्रतिनिधि सभामा पेस हुने

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ ।

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर यस्तो आग्रह गरेकी हुन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा कानुन समितिका सदस्यहरू र संसद् सचिवालयका अधिकारीसमेत उपस्थित थिए ।
आगामी बैठकमा विधेयक पेस गर्ने व्यवस्थाका लागि समिति सभापति सुबेदीले पत्र बुझाएपछि सभामुख घिमिरेले यो एकदमै महत्वपूर्ण काम भएको भन्दै धन्यवाद दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here