नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने

काठमाडौँ । पुँजी वृद्धिका लागि नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समितिको ६६२ औँ बैठकले ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने निर्णय गरेको हो ।

अग्राधिकार सेयरको माध्यमबाट अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरूमा छलफल गर्न बैंकले आगामी भदौ १७ गते विशेष साधारण सभा डाक्ने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here