भदौ महिनाका लागि बैंकहरुले घटाए ब्याजदर

काठमाडौं । आगामी भदौ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकमा तरलता बढ्नुका साथै कर्जा लगानीमा देखिएको संकुचनका कारण बैंकहरुले व्याजदर घटाएका हुन् ।

भदौका लागि तोकिएको मुद्धती निक्षेपको ब्याजदर साउनको तुलनामा ब्याजदर औसतमा ० दशमलव २१ प्रतिशत घटेको हो । २० वाणिज्य बैंकहरुको साउनको औसत ब्याजदर ६.७४ प्रतिशत रहेकोमा भदौका लागि घट्दै ६.५३ प्रतिशत कायम भएको हो ।

१३ बैंकले आफ्नो ब्याजदर घटाएका छन् । यस्तै ५ बैंकहरुले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् यता १ बैंकले भने आफ्नो ब्याजदर केहि बढाएको तथ्यांकमा उल्लेख छ । बैंक ब्याजदर घटाउने बैंकहरुमध्ये नेपाल बैंकले सबैभन्दा बढी अर्थात १ प्रतिशत विन्दुले आफ्नो ब्याजदर घटाएको हो ।

यसअघि साउनमा मुद्धती निक्षेपमा ६ दशमलव२५ प्रतिशत ब्याज दिईरहेको बैंकले भदौमा जम्मा ५ दशमलव २५ प्रतिशत मात्रै दिने भएको हो ।

यस्तै कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनएमबै बैंक र एनआइसी एशिया बैंकले साउनको तुलनामा भदौका लागि ब्याजदर घटाएका छन् । यता ग्लोबल आइएमई, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले भदौमा पनि साउनकै बराबर ब्याजदर दिनेछन् ।

प्राइम कमर्शियल बैंक र कुमारी बैंकले भने साउनको तुलनामा भदौका लागि आफ्नो ब्याजदर बढाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here