ओरालो लाग्यो नेप्से परिसुचक, कारोबारमा पनि भारी गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४ दशमलव ४७ अंक घटेको छ । अघिल्लो दिन ३ हजार अंकमा रहेको बजार आइतबार भने २९६६ मा रहेर बन्द भयो ।

आज कारोबारमा पनि गिरावट आएको छ । कुल २८ अर्ब ८३ करोडको कारोबार भयो। अघिल्लो दिन हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको भएको थियो ।

कारोबारमा आएका ४७ कम्पनीको मूल्य बढ्दा १९७ को घटेको छ। बैंकिङ ० दशमलव ८४ तथा निर्जीवन बीमा ० दशमलव ४६ प्रतिशत बढेका छन् । यता विकास बैंक २ दशमलव २५, फाइनान्स २ दशमलव ७९, होटल तथा पर्यटन ४ दशमलव ४९ तथा हाइड्रोपावर ३ दशमलव प्रतिशतले घटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here