प्रहरी अधिकारीद्धारा सर्वोच्चमा रिट दर्ता, ३० वर्षे सेवा अवधि हटाउन माग

काठमाडौं। नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकारीले सर्वोच्च अदालतमा रिट दिएका छन् ।बुधबार २१ जना प्रहरी अधिकारीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

रिटमा ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाशको व्यवस्था खारेज गर्न र रिटको टुंगो नलाग्दासम्म ३० वर्षे सेवा अवधिको व्यवस्था लागू नगर्न रिटमा अन्तरिम आदेश माग गरिएको छ।

३०वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीमा ९० जना र सशस्त्र प्रहरीमा १८ जना गरी १०८ जना प्रहरी अधिकारीहरु यही १५ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् ।

उमेर हद बाँकी रहेपनी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here