तोलामै ११ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं, १६ असोज । विहिवार सुनको मूल्यमा ११ सय रुपैयाँको वृद्धि भएको छ ।

बुधवार ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य विहिवार ११ सय रुपैयाँले बढ्दै प्रतितोला ७० हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, तेजावी सुनमा पनि प्रतितोला ११ सय रुपैयाँले वृद्धि भएको छ । बुधवार ६९ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजावी सुनको मूल्य विहिवार ७० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

विहिवार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ।

बुधवार प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएमके चाँदीको मूल्यमा विहिवार प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here