पारसले भारतमा लिजेन्ड्स लिग क्रिकेट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । भेट्रान खेलाडीहरूले खेल्ने यो लिगका लागि पारसलाई गुजरात लायन्सले १२ लाख ५० भारतीय रुपैयाँ भाउ लगाएको थियो । भारतमा भएको अक्सनमा गुजरातले पारसलाई ‘बेस प्राइस’ मा लिएको थियो ।

गुजरातले पारससहित वेस्ट इन्डिजका क्रिस गेल, वेस्ट इन्डिजका लेन्डल सिमोन्स, अफगानिस्तानका पूर्वकप्तान अस्घर अफगानलाई समावेश गरेको छ । सेप्टेम्बर २० बाट तेस्रो संस्करणको यो लिग सुरु हुनेछ । स्थान भने तय भइसकेको छैन ।

गुजरातसहित लिजेन्ड्स लिगमा भलवारा किंग्स, मणिपाल टाइगर्स, साउथर्न सुपर स्टार्स र उर्बानराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दै छन् । नेपाल क्रिकेट संघका सचिव पारसले २०२२ को मार्चमा कतारमा भएको पहिलो संस्करण एसियन लायन्सबाट खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here