ब्राजिलमा मस्कको ‘एक्स’ प्रतिबन्धित, गलत सूचना फैलाएको आरोप

काठमाडौं। एलन मक्सको एक्सलाई ब्राजिलमा प्रतिबन्ध लगाइएको छ । ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न दिएको समयसीमा पूरा गर्न असफल भएपछि एक्सलाई प्रतिबन्ध लगाइएको हो।

अलेक्जेन्ड्रे डे मोरेसले अदालतको सबै आदेशको पालना नगरेसम्म र विद्यमान जरिवाना नतिरेसम्म सोसल मिडिया प्लेटफर्मलाई तत्काल र पूर्ण रूपमा निलम्बन गर्न आदेश दिए। यो विवाद अप्रिलमा सुरु भएको थियो, न्यायाधीशले गलत सूचना फैलाएको आरोपमा दर्जनौं एक्स एकाउन्टहरू निलम्बन गर्न आदेश दिएका थिए।

एक्सका मालिक एलन मस्कले भने यस विषयमा भनेका छन् अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार हो र ब्राजिलमा एक अनिर्वाचित छद्म न्यायाधीशले राजनीतिक उद्देश्यका लागि यसलाई नष्ट गरिरहेका छन् । देशको २० करोड जनसंख्यामध्ये कम्तीमा १० भागले सोसल मिडिया नेटवर्क प्रयोग गर्ने गरेको बताइएको छ ।

शनिबार बिहानसम्म केही प्रयोगकर्ताले खोल्न नसमिल्ने बनाइएको बताए । एक्सले यसै महिनाको सुरुमा ब्राजिलमा रहेको आफ्नो कार्यालय बन्द गरेको थियो। सेन्सरशिपको रूपमा वर्णन गरेको आदेशको पालना नगरेको अवस्थामा एक्सको प्रतिनिधिलाई गिरफ्तार गर्ने धम्की दिइएको छ।

यो साथै ब्राजिलको कानून अनुसार अवैध पनि छ। न्यायाधीश मोरासले पूर्व दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोका धेरै समर्थकलाई गलत सूचना फैलाएको आरोप लागेका एक्स एकाउन्टहरू अनुसन्धानका क्रममा ब्लक गर्न आदेश दिएका थिए। उनले कुनै पनि खाता पुनः सक्रिय भएमा कम्पनीका कानुनी प्रतिनिधिहरू जिम्मेवार हुने बताए।

एक्सलाई यस आदेशको पालना गर्न इन्कार गरेकोमा जरिवानाको धम्की दिइएको छ, कम्पनी र मस्कले ब्राजिलमा आलोचकहरूसँग मिलेर न्यायाधीशलाई बामपन्थी भएको आरोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here