चाडबाडमा किसानले पाउने भए भुक्तानी

काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डिडिसी) लाई ६० करोड रूपैयाँ ऋण स्वीकृत गरेको छ। मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्न सर्तसहित ६० करोड रूपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सचिवालयका अनुसार आफ्नो पहलमा अर्थ मन्त्रालयले भदौ १७ गते सर्त सहित ऋणका लागि सहमति दिएको थियो जुन बिहीबार बैठकले स्वीकृत गरेको हो।

डिडिसीले यो रकम किसानको बक्यौता भुक्तानीमा प्रयोग गर्नुपर्नेछ। त्यस्तै पेरिस पारालिम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख रूपैयाँ, प्रशिक्षकलाई टिम व्यवस्थापनका लागि पाँच लाख ८५ हजार रूपैयाँ र पुरस्कार दुई लाख ९२ हजार रूपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूले बाँकी निर्णय भने शुक्रबार तीन बजे सार्वजनिक गरिने बताए। दुध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here