बुद्ध एयरको एक जहाजलाई दिइयो अवकाश

काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) जहाजलाई अवकास दिएको छ । अब यो जहाज उड्ने छैन । नेपालमा सन् २००८ सेप्टेम्बर १७ भित्राएर पहिलो पटक माउन्टेन फ्लाइट गरेको यो जहाजको अन्तिम उडान समेत माउन्टेन फ्लाइट नै गरियो । जसमा बैंकरहरु उडेका थिए ।

१६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरिएको हो । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरे । यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ ।

७० हजार साइकल पूरा गरेपछि व्यवसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई आजबाट उडाउन बन्द गरिएको हो । नेपालमा मात्र यो जहाजले ४० हजार साइकल उडान गरेको छ । ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो । यो जहाजले १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here