केजरीवालले गरे दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा

अरविन्द केजरीवालले दुई दिनपछि दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

केजरीवालले जेलबाट रिहा भएपछि आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले आज दिल्ली आम आदमी पार्टीको मुख्यालयमा सीएमको कुर्सीबाट राजीनामा दिने बताए साथै जनताको निर्णय नआएसम्म सीएमको कुर्सीमा नबस्ने बताए ।

उनले भने म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here