‘नेपालको शिर ढल्नेगरी कुनैपनि काम गर्दिन’ :प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलिले अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्नेगरी कुनैपनि काम नगर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभामालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा आफूले उठाउने एजेण्डा र सहभागी हुने कार्यक्रमहरुबारे संसदलाई जानकारी समेत दिए ।

‘नेपालको शीर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम गर्दिन’ प्रधानमन्त्री ओलीले भने । साथै अमेरिकाबाट फर्किएपछि पनि महासभामा आफूले गरेको काम र बोलेका सबै कुराहरुबारे संसदलाई जानकारी गराउने उनले बताए ।

महासभामा भाग लिन प्रधानमन्त्री ओली आगामी ४ असोजमा अमेरिका जाँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here