प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्यो सुनको भाउ, यस्तो छ आजको मूल्य

काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर १९ सय १५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला १८ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here