प्रतितोला १ लाख ६० हजार नजिक सुनको भाउ, कतिसम्म पुग्ला ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर फेरी नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यता चाँदीको मूल्य भने केहि ओरालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सोमबार प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १९ सय १५ रुपैयाँ कायम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here