झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटियो, निकाल्ने काम हुँदै

काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ। बसको केही भाग मात्र देखिएकोले नम्बर भने थाहा पाउन सकिएको छैन । अहिले डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ ।

शनिबार झ्याप्ले खोलामा पुरिएको दुई वटा बसबाट १४ जनाको शव निकालिएको थियो । शुक्रबार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएकोले सो बस हुनसक्ने आशंका गरिएको छ । तर यसको यकिन हुन भने बाँकी छ ।

सो बस शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको बस त्यसयता सम्पर्कविहीन बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here