पृथ्वी राजमार्ग दुई घण्टाका लागि पुन बन्द, निर्माण कार्य हुँदै

काठमाडौं । पृथ्वी राजमार्ग आज दुई घण्टाका लागि पुन बन्द गरिएको छ । गत असोज १२ गतेको बाढीपहिरोपछि हिजोदेखि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो ।

झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको बताइएको छ । साथै प्रहरीले यात्रामा निस्कनुअघि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्रै निस्कन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here