प्रधानमन्त्री उद्धार कोषमा एकै दिन साढे तीन करोड जम्मा, कृषि बैंकले दियो डेढ करोड

`
काठमाडौँ १८, असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोड भन्दा बढी रकम हस्तान्तरण भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

कोषमा कृषि विकास बैँक एक्लैले रु १ करोड ५० लाख जम्मा गरेको छ । त्यसैगरी, नागरिक लगानी कोषबाट रु ५१ लाख, एसबिआइ बैँकबाट रु २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट रु ३१ लाख, नेपाल पूर्वाधार विकास बैँकबाट रु २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख र सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट रु ५१ लाख रकम कोषलाई प्रदान भएको छ ।

प्रधानमन्त्री ओलीले कोषमा रकम हस्तान्तरण गर्ने कम्पनीहरुलाई धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठुलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

किसानहरुको पाकिसकेको बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको पनि उनले बताए । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु १ अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी रहेको छ ।


राहत कोषका लागि चेक हस्तान्तरण गर्दै बीवाईडी नेपालका प्रतिनिधि ।

सम्बन्धित समाचारः
‘बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने’: भौतिक पूर्वाधार मन्त्रालय
बाढीपहिरोमा परेर २३३ जनाको मृत्यु, २२ अझै बेपत्ता
सडक पूर्ण संचालनमा नआएसम्म वायुसेवा कम्पनीले अधिकतम भाडा नलिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here