नेपाल र चीनवीच २० बुँदे सम्झौतामा हस्ताक्षर

फाइल फोटो

काठमाडौं, २६ असोज । नेपाल र चीनवीच २० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । राजधानीको सोल्टी होटलमा चिनका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ओलीवीच भएको भेटवार्तामा सो सम्झौतापत्र आदानप्रदान भएको हो ।

उनीहरु दुई वीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको हो । वार्ता नेपाल र चीन सम्बन्धका बहुआयामिक मुद्दाहरुमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

वार्तामा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन अनन्त, अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, मुख्यसचिव लगायत ३० सदस्यीय प्रतिनिधिमण्डलले भाग लिएको थियो ।

त्यसैगरी चिनियाँ प्रतिनिधिमण्डललमा चीनका विदेशमन्त्री वाङ यी र नेपालका लागि चिनिया राजदूत लगायत चिनका उच्च सरकारी अधिकारीहरु सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here