उपत्यकाका शक्तिपिठको भ्रमणमा पुगे राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति पौडेल काठमाडौँ, २५ असोज : राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौँको भद्रकाली मन्दिरमा । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा आज काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेकी छिन् ।

राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ । यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् । बडादसैँका सन्दर्भमा आज काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here