साफ च्याम्पियनसिप: साम्बाले पहिलो खेल गुमाउने

काठमाडौं । कात्तिक १ देखि १४ सम्म काठमाडौंको दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ।सहभागी हुन भुटानबाहेक सबै टोली काठमाडौं आइपुगेका छन्। भुटानी टोली भोलि बिहान काठमाडौं आइपुग्नेछ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन्।

समूह ‘ए’ मा भारत, बंगलादेश र पाकिस्तान छन्। समूह ‘बी’ मा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन्। प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबीच हुनेछ।
नेपालको पहिलो खेल शुक्रबार भुटानसँग छ। यो खेल नेपाली टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले गुमाउने पक्का भएको छ। साम्बा आगामी आइतबार मात्र काठमाडौं आइपुग्नेछिन्। उनी आएको भोलिपल्ट नेपालले माल्दिभ्ससँग खेल्नेछ। त्यसैले यो खेल पनि उनले खेल्ने नखेल्ने पक्का छैन।
प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here