पुनरागमन खेलमा अर्जेण्टिनाका लागि मेसीको सानदार ह्याट्रिक

काठमाडौं । लियोनल मेसीले पुनरागमन खेलमा आफ्नो मुलुकका लागि ह्याट्रिक गरेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा विश्व च्याम्पियन अर्जेन्टिनाले बुधबार बोलिभियामाथि ६–० को विशाल जित निकालेको छ ।

ब्युनर्स आयर्समा भएको खेलमा मेसीले १९ औं मिनेटमा पहिलो गोल गरेका थिए । ८४ तथा ८६ औं मिनेटमा थप दुई गोल गरेका उनले ह्याट्रिक पूरा गरे ।

लउतारो मार्टिनेजले ४३, जुलियन अल्भारेजले पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेट तथा थिएगो अल्माडाले ८९ औं मिनेटमा गोल गरेका थिए ।

जितपछि अर्जेन्टिनाको १० खेलबाट २२ अंक भएको छ र लिग तालिकाको शीर्षमा छ । कुल १० टोली सम्मिलित विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार उत्कृष्ट प्रदर्शन गरिरहको छ ।

अर्जेन्टिना पछाडि कोलम्बियाको १९ र उरुग्वेको १६ अंक छ । यसअघिका खेलमा कोलम्बियाले चिलीलाई ४–० र पाराग्वेले भेनुजुएलालाई २–१ ले हराएको थियो । यस्तै उरुग्वे र इक्वेडरले गोलरहित बराबरी खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here