२४ कात्तिकदेखि भैरहवामा नियमित उडान गर्दै जजिरा एयरवेज

काठमाडौं । जजिरा एयरवेजले कुवेतबाट भैरहवा सिधा उडानका लागि टिकट खुला गरेको जनाएको छ । २४ कात्तिक (९ नोभेम्बर) देखि साताको तीन उडान गर्ने योजना बनाएको कम्पनीले त्यसका लागि टिकट खुला भएको जनाएको छ ।

कम्पनीका अनुसार कुवेतबाट जजिराले मंगलबार, बिहीबार र शनिबार उडान गर्ने भएको छ । जजिराले भैरहवामा यसअघि पनि नियमित उडान गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here