गण्डकी, बागमती तथा कोशीलगायत केही पहाडी भेगमा बर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम बिभागका अनुसार आज देशका विभिन्न पहाडी भेगमा हल्का बर्षाको सम्भावना रहेको छ । हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

विभागका अनुसार मधेश तथा लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।

देशका पहाडी भूभाग गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here