नेपाललाई नेपालसँग जोड्ने सुस्ता पुल, आन्तरिक पर्यटकको बन्यो आकर्षण (फोटोफिचर )

नवलपरासी । पश्चिम नवलपरासीको सूस्तामा पुल बनेपछी सुस्ताबासीलाई नेपाल आउन सहज भएको छ । तीनतिरबाट नारायणी र एकतिरबाट भारतीय भूमिले घेरिएको सुस्तामा झोलुंगे पुल सञ्चालनमा आएसँगै आवतजावतमा सहज भएको हो । सुस्ता गाउँपालिका–५, सुस्तागाउँका स्थानीय बासिन्दा खुसी भएका हुन् ।

भारतीय भूमि हुँदै भारतिय सेनाको निगरानीमा डुंगाबाट जान पर्नेमा अहिले सजिलै पुलबाट जान सक्नेछन् ।

नारायणी नदी माथि रहेको सो पुल १ हजार पाँच सय ५८ मिटर लामो छ । पुलको राष्ट्रपति रामचन्द्र पौडेलले असोज १० गते औपचारिक उद्घाटन गरेकाहुन् ।


पुल निर्माणपछि नारायणी पारिका करिब ३५० घर परिवारको दैनिकी सहज भएको छ ।

सुस्ताको पुल देशको सबैभन्दा लामो पुलको रुपमा गणना पनि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here