रहेनन् वरिष्ठ पर्यटन व्यवसायी मिश्र

काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । उनको आइतबार बिहान अस्पतालमा निधन भएको हो । डेंगु संक्रमण भएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

परिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने भएको छ । साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा सक्रिय थिए ।

७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् । मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here