दशैमा ६१ अर्ब नयाँ नोट बाहिरिए

काठमाडौं २६, असोज । दशैंमा मात्र राष्ट्र बैंकले करिब ६१ अर्ब रुपैयाँ नयाँ नोट बजारमा पठाएको छ । जसमध्ये करिब साढे ९ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सर्वसाधारणलाई वितरण (सटही) गरिएको छ भने, करिब ५१ अर्ब बराबर नोट बैंक् तथा वित्तीय संस्थालाई भुक्तानी दिएको छ ।

सर्वसाधारणलाई सटही दिएको नोटहरु ५, १० २०, ५० र १०० दरका हुन । यी ती दरका नयाँ र सुकिला गरी करिब साढे ९ अर्ब रुपैयाँ दशैंमा सर्वसाधारणले सटही गरेका छन् । यो गत वर्षको भन्दा कम हो । राष्ट्र बैंकले गत वर्ष करिब ११ अर्ब बराबर नयाँ नोट सटही गरेको थियो ।

यो वर्षको दशैमा बैंक तथा वित्तीय संस्थालाई भुक्तानी दिइएको रकम पनि गत वर्षको भन्दा थोरै हो । गत वर्ष राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ भुक्तानी दिएको थियो ।

राष्ट्र बैंकले वित्तीय संस्थालाई भुक्तानी दिइएको भनिएको रकम बैंक तथा वित्तीय संस्थाले विभिन्न राष्ट्र बैंकको खातामा राखेको पैसा हो । दशैको अवसर पारेर बैंकहरुले त्यही पैसा निकालेका हुन । त्यसैलाई राष्ट्र बैंकले भुक्तानी दिएको रकम भनेको हो । यसरी झिक्दा उनीहरूले ५ सय र हजार दरका नयाँ नोट निकालेको राष्ट्र बैंकले बताएको छ ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा रहेको आफ्नो खाताको पैसा निकाल्दा बजारमा मुद्रा आपूर्ति बढ्छ ।

तर, नोट सटही गर्दा मुद्रा आपुर्ति बढदैन । किनकी सर्वसाधारणले नयाँ नोट सटही गर्दा पुरानो पैसा बैंकलाई नै दिन्छन । यसकारण यसले बजारमा मुद्रा आपुर्ति बढाउदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here