हालसम्मकै उच्च मूल्यमा पुग्यो सुनको भाउ, कहिलेसम्म बढ्ला !

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो । केही समययता सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राखेको छ । त्यही सिलशिला आज पनि जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यसैगरी आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले उकालो लागेर २१ सय ३५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला २१ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here