बीपी राजमार्गमा २४ सै घण्टा सवारीसाधन चलाउन पाइने

काठमाडौं । बीपी राजमार्गमा आजदेखि २४ सै घण्टा सवारीसाधन चलाउन पाइने भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । सूचनामा धुलिखेल-भकुण्डेबेसी सडकखण्डमा सवारीसाधन चलाउन पाइने उल्लेख गरिएको छ ।

असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म राति १० घण्टा सवारीसाधन चलाउन बन्द गर्ने निर्णय गरेकोमा अव २४ सै घण्टा चलाउन पाइने भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here