एक सातापछी ओरालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । केही दिन देखि दिनदिनै नयाँ रेकर्ड बनाउदै उकालो लागेको सुन आज भने तोलाको ७ सय रुपैयाँले घटेको हो ।

बुधबार छापावाल सुन तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको थियो । आज १ लाख ६६ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा २ हजार १३५ रुपैयाँ कायम भएकोमा बिहीबार भने घटेर तोलामा २ हजार ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here