रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएको छ । रास्वपाले पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपाले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएको हो।

गत शुक्रबार सभापति रवि लामिछाने पक्राउ परेदेखि नै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरिराखेको छ।

रास्वपाले पोखराको आन्दोलन सम्भवत आज टुंग्याएर काठमाडौंमा गरिने जानकारी दिएको हो ।