सयपत्री र मखमलीले ढकमक्क बतासे डाँडा (फोटो फिचर)

काठमाडौं । तिहार आउन एक साता बाँकी रहँदा बतासे डाँडाले भने तिहारलाई स्वागत गर्न आतुर देखिन्छ ।
ह्वाइट गुम्वा तथा बतासे डाँडा यतिबेला ढकमक्क फुलेको सयपत्री र मखमलीले रंगिएको छ ।

यहाँका स्थानीयले व्यवसयिक रुपमा खेती गर्न लागेको बर्षै बर्ष भइसकेको छ । यहाँका बारिहरुमा जुनसुकै मौसममा पुग्दा पनि फूल फुलिरहेको देख्न सकिन्छ ।

त्यसमा पनि यो मौसममा काठमाडौं आसपासका मानिसहरुलाई लक्षित गर्दै तिहारलाई लक्षित गरी सयपत्री र मखमली फूल लगाएका छन् ।

अब केही दिनमा फूल बजारमा पठाइने व्यवसाकि फूल खेती गरिरहेकी मिठ्ठु तामाङले बताइन् ।
तिहारको सिजनमा ४० देखि ७० हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको उनले जानकारी दिइन् ।

तिहारमा दिदिबहिनीहरुले दाजुभाईको दीर्घायुको कामना गर्दै गलामा सयपत्री, मखमली र गोदावरी फूलको माला लगाइदिने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here