१४ किलो अवैध चाँदीसहित दुई जना पक्राउ

काठमाडौं । १४ किलो अवैध चाँदीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो छन् ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी बरामद गरेको छ ।

प्रहरीले पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले अमलेखगञ्जबाट पक्राउ गरेको हो । सोनारलाई ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा रहेको रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो ।

त्यस्तै महतोलाई ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here