ललितपुर र भक्तपुरसहित १७ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले प्रजिअसहित सहसचिव र उपसचिव स्तरका कर्मचारीहरुको पनि सरुवा गरेको छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा भएको गृहद्वारा जारी विवरणमा उल्लेख छ । ललितपुरको सीडीओमा रमेश ढकालको सरुवा गरेको छ । यस्तै, भक्तपुरको सीडीओमा गोपाल अर्यालको सरुवा भएको छ । तुलसी प्रसाद श्रेष्ठ गृह मन्त्रालयमा तानिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । रुपन्देहीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका वासुवेद घिमिरेलाई लगिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here