राजमार्गमा दौडिरहेको कार भित्रै शारीरिक सम्बन्ध, सवारी लाइसेन्स रद्द

मड्रीड, स्पेन, २७ असोज । राजमार्गमा तिब्र गतिमा दौडिरहेको कार भित्रै शारीरिक सम्बन्ध राख्ने एक जोडीलाई अदालतले दोषि सावित गरिदिएको छ । यो घटना स्पेनको हो ।

स्पेनको मड्रीडस्थित विलकास्टिनमा हाईवेमा दौडिरहेको कार भित्रै चालक र उनकी गर्लफ्रेण्डबीच शारीरिक सम्बन्ध राखेको भिडियो गत वर्ष सामाजिक सजालमा भाइरल बनेको थियो ।

त्यसपछि प्रहरीले उक्त जोडिको खोजी थालेको थियो । राजमार्गमा गुडिरहेको अर्को कारबाट उक्त भिडियो क्लीप लिइएको थियो । स्पेनको अदालतले रैश ड्राइविंगको मामलामा दोषी सावित गर्दै दुई वर्षका लागि सवारी चालक अनुमति पत्र रद्द गर्ने फैसला सुनाएको हो ।

मड्रिडका ती जोडीको भिडियो क्लिप भाइरल भएपछि प्रहरीले महिनौं लगाएर कारको पहिचान गर्न सफल भएको बताइएको छ ।

डेली मेलमा उल्लेख समाचार अनुसार पुलिससँगको बयानमा जोडीले अपराध स्वीकार समेत गरेका छन् । उनीहरुले जेल भने जानु पर्ने छैन ।

शारीरिक सम्बन्ध राख्दा कार जिगज्याग तरिकाबाट गुडिरहेको थियो, जसले गर्दा अन्य सवारी साधनमा ठोक्किन गई क्षति हुने सम्भावना रहेको थियो ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here