काठमाडौं । सुनको भाउ आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको हो ।
मंगलबार सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ ।
बुधबार चाँदी प्रतितोला २१ सय २० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी प्रतितोला २१ सय ५ रुपैयाँमा कारोबार भईरहेको थियो ।