फाइनल खेल हेर्ने रङ्गशाला जादै हुनुहुन्छ ? यस्ता सामान लैजान पाइदैन

काठमाडौं । आज हुने नेपाल(बंगलादेशबीच साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल हेर्ने रङ्गशाला जादै हुनुहुन्छ ! यस्ता सामान लैजान पाइदैन । नेपाल फुटबल संघ (एन्फा)ले रंगशालामा जाँदा लैजान नपाइने सामानहरूको सूची सार्वजनिक गरेको हो।

बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिलो हतियार वा औजार लैजान पाइने छैन।

यस्तै चुरोट, लाइटर, सलाई, मादक वा नशालु पदार्थ लैजान नपाइने एन्फाले जनाएको छ। ठूलो झोला पनि लैजान पाइनेछैन। सानो झोला सुरक्षा जाँच गरेपछि मात्रै पाइने एन्फाले जनाएको छ।

त्यस्तै मोटरसाइकलको हेल्मेट, बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर, पानी वा अन्य कुनै चिसो पेय पदार्थका बोतल वा क्यान, लेजर लाइट, छाता, लिपिस्टिक, नेलकटर, कैंची, काइँयो लगायत लैजान नपाइने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here