लक्ष्मीपूजा: धनकी देवी लक्ष्मीलाई यसरी पार्नुहोस् खुसी

काठमाडौं । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने मान्यता छ । घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ ।

यसरी पार्नुहोस् खुसी

लक्ष्मीमातालाई खुसी बनाउन लक्ष्मी पूजाको दिन यस्ता चीज चढाउनाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

– लक्ष्मी पूजाको दिन बिहान चाडै उठ्नुहोस । उठिसकेपछि लक्ष्मी मन्दिर गएर राम्रो केहि वस्त्र र गुलाबको फुल चढाउनुहोस्।
-घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ । खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् र कुवेरको मुर्ति राखिएको स्थान सफा हुनुपर्छ ।

– लक्ष्मी पूजाको दिन बिहान उखु ल्याउनुहोस् र साझ लक्ष्मीपुजा गर्ने क्रममा चढाउनुहोस्।

-लक्ष्मी पूजाको रात लक्ष्मी पुजा गर्दा नौ गोमती चक्र राखनुहोस। पूजा सकिएपछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस्।

– पूजाको साँझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस्। विशेष पूजामा यो उपाय गर्नुहोस।

– यस रात पाँच साबुत सुपाडी ,कालो बेसार, पाँच पहेलो कौडी पनि राख्नुहोस्। पूजा पछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस्।

– यसो गर्दा लक्ष्मी प्रसन्न हुने सो घरमा सदा लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ ।

– चाँदीले बनेका लक्ष्मी र गणेशको मुर्ति सँगै राख्दा निक्कै फलदायी मानिन्छ । तर यस्ता मुर्तिको पुजा भने दैनिक रुपमा गरिनुपर्छ ।

– लक्ष्मी समुन्द्रबाट उत्पत्ती भएको मानिन्छ । मुंगा पनि समुन्द्रकै उत्पादन भएका कारण मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्ती हुने विश्वास गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here