नेपालगन्ज उपमहानगरपालिकामा डेङ्गु राेकथाम अभियान सुरुवात

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिम देखिएपछि राेकथाम अभियान सुरुवात गरिएको छ । बाँकेमा डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिका कै नागरिक रहेको उपमहानगरपालकिा स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

‘नेपालगन्ज डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान सुरु गरेका छौँ’, उनले भने, ‘उपमहानगरका सबै वडामा लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने कार्य भइरहेको छ ।’

उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेङ्गु तथा कीटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको शुरुवात गिरएकाे छ । साथै उपमहानगरका २३ वटै वडामा अभियान सञ्चालन गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here