काठमाडौंमा छ्याप्छ्याप्ती प्लाष्टिकका फूल र माला, महानगरमा ३५ बोरा बरामद

काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । महानगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

महानगरले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कोटेश्वरबाट ना ४ ख ३१६८ नम्बरको मालवाहक सवारीबाट विदेशी फूलका माला बरामद गरिएको पनि पाण्डेले जनाए ।

महानगरले फूल व्यापारीलाई सहजताका लागि ४६ स्थानमा निःशुल्क स्वदेशी फूल बिक्री स्थान तय गरेको छ ।

महानगरले तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा यही कात्तिक १४ देखि १७ गतेसम्म चार दिनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, विजनेस सेन्टरहरुमा किसानहरुलाई निःशुल्क स्थान उपलब्ध गराएको छ ।

गत वर्षदेखि महानगरले किसानलाई स्वदेशी फूल बिक्रीस्थल उपलब्ध गराउन थालेको हो । किसानलाई सहज होस् भनेर ४६ स्थानमा बिक्री स्थान तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here