काठमाडौं । काठमाडौंस्थित नेपाल पर्यटन बोर्ड परिसरमा सेलरोटी पकाउने प्रतियोगिता गरिएको छ ।
ट्रिनिटी मार्केटिङ एण्ड इभेन्ट म्यानेजमेन्टको संयोजनमा नेपाल पर्यटन बोर्ड, पर्यटन पत्रकार संघ (जाट–नेपाल), सेफ एसोसिएसन अफ नेपाल, महिला उद्यमी संघ, ऊनी वस्तु विकास संघलगायतको आयोजना सेलरोटप् पकाउने प्रतियोगिता गरिएको हो ।
तिहारकाे अवसरमा मौलिक खाना सेलरोटीको जगेर्नामार्फत पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता गरेको पर्यटन पत्रकार संघ (जाट–नेपाल) का अध्यक्ष देवीप्रसाद पन्तले बताए ।