मिस्टर बिस्ट भारत आउने , चकलेट ब्रान्ड सार्वजनिक गर्न

काठमाडौं । चर्चित युट्युबर मिस्टर बिस्ट भारत आउने भएका छन् । मङ्गलबार उनले सामाजिक सञ्जालमा पोस्ट राख्दै आफू १० नोभेम्बरमा भारत आउने जानकारी दिएका हुन् ।

यसअघि भारतका युट्युबर क्यारिमिनाटीले मिस्टर बिस्टसहित अन्य भारतीय युट्युबरसँग सहकार्य गरेर बनाएकाे प्यारोडी भिडिओमा एक कराेड भन्दा बढी भ्युज आए आफू भारत जाने बताएका थिए ।

हालसम्म उक्त भिडिओमा छ करोड बढी भ्युज आएको छ भने ८२ लाख बढी लाइक आएको छ ।

उनले भारतमा आफ्नो चकलेट ब्रान्ड ‘फिस्टेबल’ सार्वजनिक गर्ने बताइएको छ । त्यस्तै उनिसङ्ग भारतीय युट्युबहरूले प्राइम ओटीटीसँग सहकार्यको घोषणा गर्ने समेत बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here