काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारी रहदा बिहान १० बजेसम्म डाेनाल्ड ट्रम्पले अग्रता लिएका छन्।
मंगलबार मतदान सकिएलगत्तै बुधबार बिहानैदेखि सुरू भएको मतगणनाको प्रारम्भिक चरणदेखि नै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका हुन्।
कुल ५३८ इलेक्टोरल कलेजमध्ये बिहान साढे १० बजेसम्म ट्रम्पले २३० र डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले २०० इलेक्टोरल कलेज जित्ने निश्चित भएको विभिन्न अमेरिकी अखबारहरूले प्रक्षेपण गरेका छन्।
राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेज जित्नुपर्छ। न्युयोर्क टाइम्पसका अनुसार ट्रम्प को ५० सिनेटर र ह्यारिसका ४१ सिनेटरले अग्रता लिइरहेको छ।
अमेरिकाको ५० राज्यबाट २/२ जना सिनेटर निर्वाचित हुन्छन्।