यू १९ महिला टी-२० विश्वकप छनोटमा युएईसँग नेपाल १३ रनले पराजित

काठमाडौं । आईसीसी यू १९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ ।

दुबईमा भइरहेको प्रतियोगितामा युएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

खेलमा कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाइन् । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

प्रयोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन तथा दोस्रो खेलमा कुवेतलाई १०८ ले हराएको थियो ।

चार टोली सम्मिलित छनोट प्रतियोगितामा लगातार ३ खेल जितेर ६ अंकसहित यूएई शीर्ष स्थानमा छ भने पहिलो हारपछि नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । नेपालले आफ्नो चौथो खेल आइतबार थाइल्याण्डसँग खेल्नेछ ।

डबल राउण्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here