काठमाडौं । आइतबार सेयर बजारले २७०० अंक नाघेको छ । अघिल्लो कारोबारको दिनको तुलनामा नेप्से परिसूचक ६२ दशमलव ५४ अंक बढेर २७३८ मा कायम भएको छ ।
आज कुल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घटेको छ । त्यस्तै तीन कम्पनीको सेयर को स्थिर रहेको छ। अघिल्लो कारोबारको दिन ५ अर्ब २२ करोडको भएकोमा आज ९ अर्ब ७७ करोडको भयो ।
आज सबै क्षेत्रका सूचक बढेका छन् । हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ४ दशमलव २६ प्रतिशतले बढेको छ ।
त्यस्तै बैंकिङ १ दशमलव ६२, विकास बैंक २ दशमलव७१, फाइनान्स २ दशमलव ४८, होटल तथा पर्यटन ० दशमलव ९६, लगानी २दशमलव ५६, जीवन बीमा २ दशमलव १६, उत्पादन २ दशमलव ३२, माइक्रोफाइनान्स १ दशमलव ५१, निर्जीवन बीमा १ दशमलव ९५, अन्य २ दशमलव ५२ तथा व्यापार समूह १ दशमलव १५ प्रतिशतले बढेको छ ।
गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपरमादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।