काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा झरेको हो ।
आईतबार प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार आईतबार प्रतितोला १९ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १९ सय ५५ रुपैयाँमा झरेको हो ।