आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट,कुवेतविरुद्ध नेपालको सानदार जित

काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ ।

२१४ रनको लक्ष्य पछ्याएको कुवेतलाई नेपालले ४८ रनमै रनमा अलआउट गरेको हो । नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन राख्दै ८ रन दिएर ५ विकेट लिइन् । त्यस्तै नेपालकी रचना कुमारी र सीमाना केसीले दुईरदुई विकेट लिए ।

यसअघि दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर २१३ रनको विशाल योगफल बनाएको थियो । नेपालकी कप्तान पूजा महतो ६९ बलमा १७ चौका मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रन बनाए ।

प्रतियोगितामा पाँचमध्ये ४ खेल जितेको नेपालले यसअघि यूएईसँग पराजित भएको थियो । अब यूएईसँग बुधबार अन्तिम खेल खेल्ने छ ।

चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू(१९ महिला टी(२० विश्वकपमा छनोट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here