काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग भिड्दैछ । नेपाल र घरेलु टोलीवीरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुने एन्फाले जनाएको छ ।
फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली मंगलबार डुसानबे पुगेको हो ।
फिफा वरीयतामा नेपालभन्दा ७१ स्थान माथि रहेको ताजकिस्तानविरुद्ध उसैको मैदानमा उत्रन लागेको हो ।
नेपालले सन् २०१७ पछि पहिलो पटक ताजिकिस्तानसँग खेल्न लागेको हो । एएफसी एसियन कप छनोटका दुई खेलमा नेपाल हारेको थियो ।
२०१६ को बंगबन्धु गोल्डकपमा पनि नेपाल ताजिकस्तानसँग हारेको थियो । ताजकिस्तानले पछिल्लो समय प्रदर्शनमा सुधार गरिरहँदा नेपालको प्रदर्शन भने कमजोर छ । नेपाली पुरुष टोली ५ महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेल्दैछ ।