काठमाडौं । नेपाली महिला क्रिकेट टिम विश्वकपमा छनोट भएको छ । बुधबार भएको छनोट खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको हो । यससँगै आगामी वर्ष मलेसियामा हुने आईसीसी यु-१९ टी-२० महिला विश्वकपमा नेपाल खेल्ने सुनिश्चित भएको छ ।
घरेलु टिम यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिएकी थिइन् ।